३ अर्ब ६२ करोडको भ्रष्टाचारमा डामिए पूर्वअर्थमन्त्री कार्की र ५ सचिव


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटालामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ४ पूर्वसचिव र १ जना बहालवाला सचिव भ्रष्टाचारमा डामिएका छन्। तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ हानीनोक्सानी पुऱ्याएको उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलेको निष्कर्ष छ। अख्तियारले कर छुटको विषयमा पूर्व अर्थमन्त्री कार्कीसहित पूर्वसचिवहरू शंकरप्रसाद अधिकारी, महेश्वर न्यौपाने, केवलप्रसाद भण्डारी र सुरेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे पनि भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त मुद्दामा तत्कालीन सचिवको भूमिकामा अधिकारी न्यौपाने, सहसचिवको भूमिकामा भण्डारी, आचार्य र घिमिरेलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। क्यानका पूर्व महानिर्देशकद्वय प्रदिप अधिकारी र सञ्जीव गौतम पनि उक्त भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका छन्। योगेश अर्याल, युगराज पाण्डे र उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर भएकाे हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ