राजीनामा नदिएका अस्पताल विकास समितिका पदाधिकारीलाई पदमुक्त गर्ने तयारी


काठमाडौं। पुराना सत्ताबाट नियुक्त भएर राजीनामा नदिएका अस्पताल विकास समितिका पदाधिकारीलाई पदमुक्त गर्ने तयारी भइरहेको छ। गठन आदेशमार्फत नियुक्ति खाएका अस्पताल विकास समितिका अध्यक्ष र सदस्यहरूलाई पदमुक्त गर्ने तयारी भइरहेको हो।

प्रधानमन्त्री बालेन्द शाहको निर्देशनमा जागिर जोगियो भनेर मख्ख परेका अस्पताल विकास समितिको नियुक्ति खारेज गर्ने प्रक्रिया अघि बढाइएको छ। भरतपुर अस्पताल विकास समितिकाे अध्यक्ष ढुण्डीराज पौडेल राजीनामा दिएर सम्मानपूर्वक बहिर्गमन गरेका छन्। पदमुक्त भएको पत्र कुरेर कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष श्रीराम सुवेदीलगायत बसिरहेका छन्।

नारायणी अस्पताल विकास समितिको अध्यक्ष धिरज कुमार गुप्ता, भेरी अस्पताल विकास समितिको अध्यक्ष वीरेन्द्र शाह, डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करूणाकर ओझा राजनीतिक नियुक्ति खानेमा पर्छन्। उनीहरू पनि बर्खास्त हुने पत्र कुरेर बसेका हुन्।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरी,जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रको अध्यक्ष दीपेन्द्ररमण सिंह, कोशी अस्पताल अस्पताल विकास समितिका अध्यक्ष फरवाड सिलवाल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा डा. सरोजा कार्की पाण्डे र अङ्ग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठ पनि राजीनामा नदिइ पदमुक्त हुने जानकारी कुरेर बसेका छन्।

कान्ति बाल अस्पताल विकास समितिका सदस्य पञ्चकुमारी श्रेष्ठ र भगवान कार्की, कोशी अस्पताल विकास समितिका सदस्यहरू किशोरकुमार पाण्डे, हरिप्रसाद भट्टराई र डा. ज्योती कार्की, नारायण अस्पताल विकास समितिका सदस्य किरण कुमारी र अक्षय कुमार झाको पद धरापमा परेको छ।

भरतपुर अस्पताल विकास समितिका सदस्य प्रनिशा गुरुङ र डिल्लीराम लामिछाने, भेरी अस्पताल विकास समितिका सदस्य समिरकुमार गुरुङ र किरण पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्यहरू दिनेश कुमार विक, रश्मी पुन, डा. रिता महासेठ, डा. अनिल विक्रम कार्की, दिलिप पौडेल र शिला देवी अधिकारी पनि पदमुक्त हुने अवस्थामा पुगेका छन्। जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रका सदस्यहरू पदमप्रसाद दुवाडी, रामकुमार भण्डारी, पानबहादुर घर्ती, भक्तपुर क्यान्सर अस्पताल विकास समितिका सदस्य अभिमन्यु झा,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका सदस्य डा. वीरेन्द्रप्रसाद यादव पदमुक्तिको संघारमा देखिन्छन्। यीलगायत ठूलो संख्यामा समितिका पदाधिकारी पदमुक्त हुने भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ