दुई महिलामध्ये एक बन्दैछन् स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ, आज बढुवा समिति बैठक


काठमाडौं । स्वास्थ्य सेवाको रिक्त प्रमुख विशेषज्ञ (१२ तह) पदका लागि बढुवा सिफारिस समितिको बैठक आज बस्दै छ । दिउँसो ४ बजे बस्ने बैठकले एक पदका लागि दुई जनाको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रमुख विशेषज्ञ पदमा बढुवा हुन १३ जनाले दरखास्त दिएका थिए । स्वास्थ्य सेवा नियमावलीअनुसार एक पदका लागि ५० प्रतिशत थप गरी दुई जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने व्यवस्था छ ।

मन्त्रिपरिषद्ले सिफारिस भएका दुई जनामध्ये एक जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्नेछ ।

स्रोतका अनुसार दुर्गा लक्ष्मी श्रेष्ठ र डा. सुधा शर्माको नाम सिफारिस हुने सम्भावना रहेको छ । उनीहरूमध्ये एक जना स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ पदमा बढुवा हुनेछन्

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ