पर्बतको जलजलामा ७५० जनाको नि:शुल्क स्वास्थ्य परिक्षण


काठमाडौं। मुटु जोगाउँ, काठमाण्डौ तथा जलजला गाउँपालिका, पर्बतको आयोजनामा एक दिने नि:शुल्क मुटु तथा मृगौला परिक्षण स्वास्थ्य शिविर भव्यताको साथमा सम्पन्न भएको छ। उक्त नि:शुल्क शिविरमा सो गाउँपालिकाका बासिन्दा लगाएत छिमेकी जिल्ला म्याग्दी तथा बाग्लुङका ७५० जनाले नि:शुल्क सेवा लिएको जानकारी मुटु जोगाउँ संस्थाका महासचिव शेरबहादुर रानाले जाकारी दिए। महासचिव रानाका अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा ४६७ जनाको ई.सी.जी., २६३ जनाको ईकोकार्डियोग्राफी तथा करिब सातलाख पचास हजार बराबरको नि:शुल्क औषधी समेत बितरण गरिएको हो।

स्वास्थ्य शिविरमा त्रि.वि. शिक्षण अस्पतालका बरिष्ठ मृगौलारोग बिशेषज्ञ प्रा.डा.दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. अभिषेक मास्केले मृगौलारोगको परिक्षण गरेका थिए। प्रा.डा. दिव्या सिंह शाहका अनुसार लगभग ६५ जनामा मृगौलाको समस्या देखिएको छ। त्यस्तै सो शिविरमा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, त्रि.वि.शिक्षण अस्पतालका कार्यकारी निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा. रत्नमणि गजुरेल, सीटिभीएस डिपार्टमेन्ट हेड बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा.अनिल भट्टराई, उप-प्रा. डा. प्रभात खाकुरेल, उप-प्रा.डा.सूर्य देवकोटा, डा. युना श्रेष्ठ, डा. मदन ज्ञवाली, डा. सुदिप पराजुली तथा मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. प्रतिकमणि गजुरेलको उपस्थिति रहको थियो। प्रा.डा.अनिल भट्टराईले १७ जना जटिल मुटुरोगको समस्या देखिएको हुँदा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए।

जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले स्वागत गरे। प्रमूख प्रशासकीय खगराज गौतमले गाउँपालिकाको बासिन्दाहरुलाई लक्षित गरि शिविर आयोजना गरिएको भएतापनि अन्य जिल्ला समेतका बासिन्दाले सेवा पाएकोमा यो शिविर अत्यन्त फलदायी रहेको बताए। स्वास्थ्य शिविरमा गाउँपालिकाका अध्यक्षले शिविर भव्यताको साथ् सम्पन्न गर्न सहयोग गर्ने मुटु जोगाउँ संस्था, त्रि.वि.शिक्षण अस्पताल, मणिपाल अस्पताल पोखरा, नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर, काठमाण्डौ, बाट पाल्नु हुने सम्पूर्ण टिम तथा औषधी उपलब्ध गराउने सम्पूर्ण औषधी कम्पनिहरुलाई समेत बिशेष धन्यबादसहित मायाको चिनो प्रदान गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ