मन्त्रालयको सङ्ख्या घटाउनेसहित यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौं। सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्नेसम्मको निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार १८ वटा मन्त्रालय बनाइएको छ।
विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्को बैठकले गरेको छ। सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ र योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने निर्णय भएको समेत सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए। भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाको भनाइ छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस