डा. पोखरेललाई दिइयो प्रकृति संरक्षण कोषको सदस्यसचिवको जिम्मेवारी


काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवको जिम्मेवारी डा. चिरञ्जीवीप्रसाद पोखरेल दिइएको छ। वन तथा वातावरणमन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले पोखरेललाई दोषको सदस्यसचिवको जिम्मेवारी दिइएको हो।

अध्यक्ष चौधरीले उनलाई यही वैशाख २९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्यसचिवको जिम्मेवारी दिएकी हुन्। कोषका सदस्यसचिव डा. नरेश सुवेदी पदमुक्त भएपछि पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो।

कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डा पोखरेल प्रतिष्ठित वन्यजन्तु जीवविज्ञ, संरक्षण योजनाकार तथा प्रख्यात बाघविज्ञ छन्। उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ