प्रतिनिधिसभाको सचिव बनेका एकै ठाउँका सुरेश र प्रकाश अधिकारी
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशअधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन्। संखुवासभा जिल्ला खाँदबारी नगरपालिका-३ का प्रकाशअधिकारी प्रतिनिधिसभाको सचिव बनेका हुन्।
उमेरका हिसाबले अझै १ दशक निजामती सेवामा बिताउन पाउने प्रकाश उपसचिवबाट राजीनामा दिएर प्रतिनिधिसभाको सचिव बनेका छन्। कार्यक्षमताको अभाव भएको आरोप लागेका हर्कराज राईलाई बर्खास्त भएपछि प्रकाश प्रतिनिधिसभाको सचिव बनेका हुन्।
हर्कभन्दा पहिला प्रकाश कै गाउँका सुरेश अधिकारी प्रतिनिधिसभाको सचिव भएका थिए। नेपाल सरकारको सचिवबाट अवकाश भएपछि सुरेश प्रतिनिधिसभाको सचिव बन्न गएका थिए। तर, उनी त्यहाँ रतिन नसकेपछि राजीनामा दिएर हिँडे। उनीपछि आएका हर्कले क्षमता देखाउन नसकेपछि प्रकाशले ‘इन्ट्री’ मारेका छन्। क्षमतामा कुनै प्रश्न नरहेका प्रकाश उक्त पदमा कति समय बस्छन् हेर्न बाँकी छ।


तपाईको प्रतिक्रिया दिनुहोस