प्रकाश अधिकारीले सम्हाले प्रतिनिधिसभा सचिवको जिम्मेवारी
काठमाडौं। प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले पदभार सम्हालेका छन्। बिहीबार संसद् सचिवालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए। नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका अधिकारीलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति पौडेलले सचिव पदमा अधिकारीलाई नियुक्त गरेका थिए। उनले सचिवको जिम्मेवारी सम्हाल थालेका छन्। प्रतिनिधिसभा सभामुख अर्याल र उपसभामुख रुवीकुमारी ठाकुरले सचिव अधिकारीलाई स्वागत गरेका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस