नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा ५ जना नियुक्त


काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा पाँच जनालाई नियुक्त गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले निगमको सञ्चालक समितिको सदस्यमा पाँच जनालाई नियुक्त गरेका हुन्।

पौडेलले मन्त्रीस्तरीय निर्णयबाट पोखराका डा. दिपकप्रसाद बास्तोलालाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका छन्। त्यस्तै चितवनका प्रविण भट्टराई, ललितपुरका महेश्वरभक्त श्रेष्ठ, काठमाडौंका रूपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए। उनीहरूलाई ७ दिनभित्र नियुक्ति लिन आउन समेत मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

खुला प्रतिस्पर्धाबाट निगमको सञ्चालक समिति सदस्य नियुक्त गर्ने भनिएपनि मन्त्री पौडेलले गडबडी गरेको आरोप लागेको छ। ऱ्याङकिङमा अगाडि आएकालाई सदस्य नबनाइ सुशासनको धज्जी उडाउँदै पाँच जना सदस्य नियुक्त गरिएको आरोप लागेको हो। उक्त विषयमा प्रधानमन्त्री बालेनले छानबिन गर्न पर्ने आवाज उठेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ