सिभिल हस्पिटलका विरामीलाई निःशुल्क खाना
काठमाडौं। निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)का बिरामीलाई निःशुल्क खाना खुवाइने भएको छ। अस्पतालले विरामीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम अघि सारेको हो। उक्त अस्पतालमा भर्ना भई उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीहरूलाई निःशुल्क खाना खुवाउने अस्पताल जनाएको छ।
शुक्रबार (आज) बिहान साढे ९ बजेबाट निःशुल्क खाना खुवाउने कार्यक्रमको सुभारम्भ हुने अस्पतालले जनाएको छ। सार्वजनिक सूचना नै निकालेर अस्पतालले नि:शुल्क खाना खुवाउने कुराको जानकारी गराएको हो।


तपाईको प्रतिक्रिया दिनुहोस