बैशाखमा मात्र आधा दर्जन बढी सहसचिव घर गए


काठमाडौं। बैशाखमा मात्र आधा दर्जन बढी सहसचिव अनिवार्य अवकाशमा गएका छन्। प्रशासन सेवाका आधा दर्जन बढी सहसचिव बैशाख महिनामा अवकाशमा भएका हुन्। शिवराम पोखरेल, थानप्रसाद पंगेनी, दीर्घराज मैनाली, एकनारायण शर्मा, खिमबहादुर कार्की, प्रेमप्रसाद भट्टराई र पुष्कर न्यौपाने घर गएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शिवराम पोखरेल ५८ वर्ष पूरा भएर बैशाख ५ गते अनिवार्य अवकाशमा गएका हुन्। तुलानात्मक रूपमा इमानदार छविका प्रशासक मानिने पोखरेल ५८ वर्ष पूरा भई घर गएका छन्। विभिन्न जिल्लाका सिडिओ भइसकेका पोखरेल आपूर्तितिरबाट घर गएका हुन्।

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव थानप्रसाद पंगेनी बैशाख ११ गतेबाट अनिवार्य अवकाशमा गएका छन्। लामो समय अर्थ र मातहतका निकायमा बसेर काम गरेका पंगेनी ५८ वर्ष पूरा भएर अवकाशमा गएका हुन्।

राष्ट्रिय सूचना आयोग सचिव(सहसचिव) दीर्घराज मैनाली बैशाख १३ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग जस्ता निकायको नेतृत्व गरेका सहसचिव मैनाली राष्ट्रिय सूचना आयोगबाटै घर गएका हुन्।

राष्ट्रपति कार्यकालका सहसचिव एकनारायण शर्मा बैशाख १६ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएका छन्। सहसचिवमा बढुवा हुनेवित्तिकै राष्ट्रपति कार्यालयमा पदस्थापन भएका सहसचिव शर्मा छोटो समयमै घर गएका हुन्। सहसचिवमा बढुवा भएको ४ महिनामै शर्मा अनिवार्य अवकाशमा गएका छन्।

गुमनाम जस्तै रहेका राजस्व प्रशासनतिरबाट आएका सहसचिव खिमबहादुर कार्की बैशाख १७ गते ५८ वर्ष पूरा भइ अनिवार्य अवकाशमा गएका छन्। राजस्व समूहका उपसचिव कार्की सहसचिवमा बढुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाटै अवकाशमा गएका हुन्।

ललितपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराई ५८ वर्ष पूरा भई बैशाख २४ अनिवार्य अवकाशमा गएका हुन्। मोरङ, भक्तपुरलगायत विभिन्न जिल्लाको सिडिओ भइसकेका भट्टराई ५८ वर्ष पूरा भएर घर गएका छन्।

राष्ट्रिय किताबखाना (प्रहरी) हेर्ने सहसचिव पुष्कर न्यौपाने बैशाख २६ गते अनिवार्य अवकाशमा गइसकेका छन्। राजस्व समूहबाट आएका न्यौपाने ५८ वर्ष पुगेर अनिवार्य अवकाशमा गएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ