पर्यटनतिर नियुक्ति खान उत्साहजनक उपस्थिति, शुक्रबारसम्म ४५० जनाले दिए आवेदन
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध निकायमा उत्साहजनक उपस्थिति रहेको पाइएको छ। मन्त्रालय स्रोतका अनुसार शुक्रबार साँझसम्म मात्र ४५० जनाको आवेदन परेको हो।
बालेन सरकारले अध्यादेश ल्याएर पर्यटन मन्त्रालय सम्बद्ध निकायका १४६ जना पदाधिकारीलाई स्वतः पदमुक्त गरिदिएको थियो। उक्त निकायमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएपछि उत्साहजनक ढंगले आवेदन परेको पाइन्छ। अन्तिम दिनसम्म आशा गरेबमोजिम प्रयाप्त उम्मेदवारको दरखास्त पर्ने सम्भावना देखिन्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले भिडिओ सन्देश जारी गर्दै भाषा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, भाषा आयोगलगायत विभिन्न प्रतिष्ठानमा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएको जानकारी दिएका छन्। सबै क्षेत्रका दरखास्तको आकार हेरि मनोनयन/नियुक्ति कसरी गर्ने भन्ने निर्णय गरिने मन्त्रालयका अधिकारीहरू बताउँछन्।
मन्त्रालयले सम्बद्ध निकायमा रिक्त पदमा पदपूर्ति/नियुक्ति/ मनोनयनका लागि तथा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले जेठ ६ गतेसम्म अनलाइन फाराम भरी सूचीकृत हुन सकिने जनाएको छ। सार्वजनिक सूचना नै जारी गरेर मन्त्रालयले सम्बद्ध निकायमा रिक्त पदमा पदपूर्ति/नियुक्ति/ मनोनयनको प्रक्रिया अघि बढाएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस