राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरूजु


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शून्य बेरूजु रहेको छ। महालेखापरीक्षकको कार्यालयले राप्ती र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शून्य बेरूजु देखाएको हो।

आर्थिक वर्ष २०८१/०८२ को लेखापरिक्षणमा महालेखा परीक्षकको कार्यालयले देशभरका सरकारी स्वामित्वका संस्थाहरूमा लेखापरीक्षण गर्दा ८८ अर्ब ९ करोड बेरूजु निकालेको छ। यो बेरुजु थपिँदा मुलुकको कुल बेरुजू ७ खर्ब ५५ अर्ब पुगेको छ। यस वर्ष कुल ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर लेखा परीक्षण गरिएको थियो भने १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ लेखा परीक्षण जेन्जी आन्दोलनमा कागजात जलेको कारण हुन सकेको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनको हकमा भने उक्त आर्थिक वर्षको बेरुजु शून्य रहेको पाइएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ