युवा स्वरोजगार कोषको ६७ करोड बढी कर्जा जोखिममा


काठमाडौं। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ६७ करोड कर्जा जोखिममा परेको छ। काषले लगानी गरेकोमध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल नहुँदा उक्त रकममा जोखिममा परेको हो।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने औंल्याएको छ। कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ। कोषको २०८२ असार मसान्तसम्म दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जाको साँवा बक्यौता देखिएको महालेखाले औंल्याएको हो।

कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा तथा ब्याज, आठ करोड ४६ लाख ९८ हजार रुपैयाँ हर्जाना र २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। उक्त रकम जोखिममा परेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनबाट देखिन्छ। कर्जा प्रवाह गरेको करोडौं रकम भाखा नाघिसक्दा पनि नतिरेकाले उक्त रकम जोखिममा परेको पाइएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ