खुला र समावेशी प्रतिस्पर्धाबाट थपिए सात सहसचिव
काठमाडौं। खुला र समावेशी प्रतिस्पर्धाबाट विभिन्न सेवाका ७ सहसचिव थपिएका छन्। लोक सेवा आयोगले लिएको विभिन्न चरणको परीक्षा पास गर्दै नेपाल सरकारका ७ उपसचिव थपिएका हुन्।
नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)मा खुलाबाट विजयकुमार शर्मा र टेकबहादुर वली थपिएका छन्। त्यस्तै प्रशासन सेवामा महिला कोटाबाट आरती न्यौपाने र पिछडिएको क्षेत्रबाट बसन्तबहादुर बोहरा सहसचिव भएका छन्। पिछडिएको क्षेत्रबाट सहसचिवमा सिफारिस भएका बोहरालाई सरकारले कम्तिमा पनि दुई वर्ष पिछडिएको क्षेत्रमा खटाउन सक्यो भने त्यसले उक्त क्षेत्रका नागरिकलाई ठूलो सेवा र राहत मिल्नेछ।

नेपाल संघीय संसद् सेवा, प्रशासन समूह राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव विशाल सापकोटा बनेका छन्। लोक सेवा आयोगले सापकोटालाई संसदतिरको सहसचिव सिफारिस गरेको हो। खुला तर्फको एउटा सिटमा सापकोटा सहसचिव बन्न सफल भएका हुन्।
लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)मा नरेन्द्र सन्याल सिफारिस भएका छन्। उक्त सेवाको एक मात्र सिटमा सन्याल सहसचिव बन्न सफल भएका छन्।
त्यस्तै न्याय सेवा कानुन समूहको सहसचिवमा नुतन झा सिफारिस भएकी छिन्। मधेशी कोटाबाट झा सहसचिवमा सिफारिस भएकी हुन्।
सहसचिवको खुला प्रतिस्पर्धा भनिएतापनि सहसचिवमा सिफारिस हुने सबै निजामती सेवाभित्रै कार्यरत कर्मचारीहरू सहसचिवमा सिफारिस भएका छन्। जुन उद्देश्यले खुला प्रतिस्पर्धाको अवधारणा ल्याएको थियो त्यो भने पूरा भएको देखिँदैन। नेपाल सरकारका आधा दर्जन सहसचिव थपिएका छन्। मन्त्रालयको संख्या घटेको अवस्थामा सहसचिव थपिएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #आरती न्यौपाने, #टेकबहादुर वली, #नरेन्द्र सन्याल, #नुतन झा, #बसन्त बहादुर बोहरा, #विजयकुमार शर्मा, #विशाल सापकोटा


तपाईको प्रतिक्रिया दिनुहोस