नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले गरे पदभार ग्रहण


काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

संसदीय सुनुवाई समितिले मंगलबार नै सर्वसम्मत रूपमा शर्माको नाम अनुमोदन गरेको थियो। त्यसपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलसँग सपथ खाएर शर्मा मंगलबार नै पदभार ग्रहण गर्न सर्वोच्च अदालत पुगेका हुन्।

प्रधानमन्त्री शर्माले पदभार ग्रहण गर्दा का.मु. प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने देखा परिनन्। उनको का.मु. समेत खुस्किएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ