दिपक भट्टसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला सचिव दाहालविरुद्ध बीमासम्बन्धी कसुरमा मुद्दा दायर


काठमाडौं। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव मदन दाहालविरूद्ध मुद्दा दायर भएको छ। बीमासम्बन्धी कसुरमा दिपक भट्टसहित प्रदेश सचिव दाहालविरुद्ध मुद्दा दायर भएको हो।

नेपाल बीमा प्राधिकरणको तत्कालीन अध्यक्षको हैसियतका आधारमा दाहालविरूद्ध काठमाडौं जिल्ला अदालतमा बीमासम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको छ। उक्त मुद्दामा बीमा प्राधिकरणका तत्कालीन अर्का अध्यक्ष शरद ओझा पनि प्रतिवादी रहेका छन्। बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा भट्ट, दादाल, ओझासहित ४२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो। उनीहरू विरुद्ध प् क्राउ पूर्जी समेत जारी भइसकेको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका झापाली दाहाल बीमा प्राधिकरण हुँदा बदमासीमा संलग्न भएको तथ्य खुलेपछि बालेन सरकारले विभागबाट हटाएर सुदूरपश्चिम खेदेको थियो। सुदूरपश्चिममा प्रदेशको आन्तरिक मामिला तथा कानुन सचिवको भूमिकामा रहेका ५५ वर्षीय दाहालको हातमा प्रहरीको हतकडी लाग्ने भएको छ। आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, वैदेशिक रोजगार विभाग, विमा प्राधिकरणजस्ता निकायमा मिलेर रजगज गरेका दाहाल बालेन सरकारको फेला परेका छन्। दिपक भट्ट र शंकर ग्रुपको डिजाइनमा काम गर्दा सहसचिव दाहालको मुद्दा लागेर हालत खराब भएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #दिपक भट्ट, #बीमासम्बन्धी कसुर, #मदन दाहाल, #शरद ओझा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ