राजीनामा दिने कर्मचारीको लर्को, ८ उपसचिव र आधा दर्जन बढी अधिकृतले दिए राजीनामा


काठमाडौं। पछिल्लो समय राजीनामा दिने कर्मचारीको लर्को लागेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पछिल्लो समय ८ जना उपसचिव, आधा दर्जन अधिकृत, कम्प्युटर इन्जिनियर, कम्प्युटर अपरेटर, सवारी चालकदेखि कार्यालय सहयोगीसम्म रहेका छन्।

स्वास्थ्य लाईभलाई प्राप्त विवरण अनुसार अहिलेसम्म ८ जना उपसचिवले जागिर छदै राजीनामा दिएको देखिन्छ। उपसचिवहरू भोजबहादुर एडी, श्रीधर पन्थी, शोभाकर पाण्डे, मेघनाथ सापकोटा, लालप्रसाद शर्मा भुसाल, शोभाकर न्यौपाने, सुमा श्रेष्ठ र कृष्ण बेन्जुले राजीनामा दिएका छन्।

बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा खटाएका एडीले राजीनामा दिएका हुन्। त्यस्तै बाराको पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएका श्रीधर पन्थीले पनि राजीनामा दिएका छन्। लामो समय जागिर रहेका पन्थीले राजीनामा दिएर बाटो तताएका हुन्।

राष्ट्रिय किताबखानाका उपसचिवद्वय शोभाकार पाण्डे र शोभाकर न्यौपाने पनि राजीनामा दिएका छन्। पाण्डेले एक महिना अघि र न्यौपाने भर्खरै जागिरबाट राजीनामा दिएका हुन्। पाण्डेलाई त किताबखानाले विदाइ नै गरिसकेको छ।

सुर्खेतका जिल्ला समन्वय अधिकारी (उपसचिव) मेघनाथ सापकोटाले पनि राजीनामा दिएका छन्। उनको जागिर भने ३/४ महिना मात्र रहेको छ। त्यसैले उनको राजीनामाप्रति धेरै टिप्पणी गरिरहनु जरूरी छैन।

भरतपुर महानगरपालिका पठाइएका उपसचिव लालप्रसाद शर्मा भुसालले राजीनामा दिएका छन्। यसैपटक उपसचिवमा बढुवा भएका भुसालले उक्त पदको स्वाद नै लिन नपाइ राजीनामा दिएर हिँडेका हुन्।

भूमि प्रशासन कार्यालय रामेछापकी प्रमुख भूमि प्रशासन अधिकृत सुमा श्रेष्ठ (बनेपालीले) राजीनामा दिएकी छिन्। उपसचिव सुमाले दिएको राजीनामा स्वीकृत भइसकेको छ।

राष्ट्रिय योजना आयोगका उपसचिव कृष्ण बेन्जुले पनि राजीनामा दिएका छन्। उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ।

जागिर बाँकी रहदै शाखा अधिकृत विणा श्रेष्ठ, शाखा अधिकृत शेखरनिधि पौडेल, शाखा अधिकृत दिलसेर राई, शाखा अधिकृत मार्किस दोरंगाले पनि राजीनामा दिएका छन्। उनीहरू सबैको राजीनामा स्वीकृत भइसकेको छ। शाखा अधिकृत गणेश घिमिरे, हरि पौडेललगायतले राजीनामा दिएर हिँडेको लामो समय भइसक्यो।

कम्प्युटर इन्जिनियर प्रवेश कोइराला, कम्प्युटर अपरेटरद्वय जीवनाथ आचार्य र सवला अर्यालले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा स्वीकृत भएर घर गइसकेका हुन्। सवारी चालक एकराज कोइराला र कार्यालय सहयोगी रामबहादुर कार्की राजीनामा दिने सूचीमा छन्। राजीनामा दिनेको लर्को लाग्दा राज्यलाई फाइदाजनक नै देखिन्छ। सरकारी सेवामा असन्तुष्ट भएर बस्नुभन्दा राजीनामा दिएर हिँड्नु राज्य र व्यक्ति दुबैलाई लाभ हुने विषय हो।

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव कृष्ण बेन्जु, #उपसचिव भोजबहादुर एडी, #उपसचिव मेघनाथ सापकोटा, #उपसचिव लालप्रसाद शर्मा भुसाल, #उपसचिव शोभाकर न्यौपाने, #उपसचिव शोभाकर पाण्डे, #उपसचिव श्रीधर पन्थी, #उपसचिव सुमा श्रेष्ठ, #कम्प्युटर अपरेटर जीवनाथ आचार्य, #कम्प्युटर अपरेटर सवला अर्याल, #कम्प्युटर इन्जिनियर प्रवेश कोइराला, #कार्यालय सहयोगी रामबहादुर कार्की, #राजीनामा दिने कर्मचारीको लर्को, #शाखा अधिकृत दिलसेर राई, #शाखा अधिकृत मार्किस दोरंगा, #शाखा अधिकृत विणा श्रेष्ठ, #शाखा अधिकृत शेखरनिधि पौडेल, #सवारी चालक एकराज कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ