‘जेन-जी’ आन्दोलन अघिदेखि कमाण्ड सम्हालिरहेका उपसचिव सिडिओहरू


काठमाडौं। ‘जेन-जी’ आन्दोलन अघिदेखि नै कमाण्ड सम्हालिरहेका उपसचिव प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू आधा दर्जन बढी रहेका छन्। पूर्वको ताप्लेजुङदेखि हुम्लासम्मका सिडिओ जेन-जी आन्दोलनअघि नै कमाण्ड सम्हाल्न पुगेका थिए। उनीहरूको सरुवा अवधि समेत पूरा भइसकेको देखिन्छ। ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, मनाङ, मुगु, रुकुम पूर्व, कालिकोट र हुम्लाको सिडिओ सरूवा अवधि पूरा भइसकेको छ। उनीहरूको कार्यक्षमता हेरेर व्यवस्थापन गर्न जरूरी छ।

‘जेन-जी’ आन्दोलनअघि तत्कालीन गृह मन्त्रालय रमेश लेखकले रसुवाको सिडिओ बनाएका उपसचिव राजेश पन्थी साढे १० महिनादेखि उक्त जिल्लाको कमाण्ड सम्हालि रहेका छन्। नेपाली कांग्रेस निकट ‘थ्री आर’ वा ‘आर थ्री’ कर्मचारीका रुपमा परिचित राजेश उपसचिवका लागि आकर्षक मानिको रसुवाको सिडिओको भूमिका रहेका हुन्। -जेन-जी’ आन्दोलनपछि निर्वाचन गराउन बनेको सरकार र उक्त आन्दोलनको भावना बमोजिम अनुमोदित सरकारले हनिमुन पिरियड पूरा गर्न लाग्दा पनि उनी रसुवामै टिकिरहेका छन्।

‘जेन-जी’ आन्दोलनको पूर्वसन्ध्यामा ताप्लेजुङको सिडिओ बनेका शिवराज सेढाइको पनि सरुवा अवधि पूरा भइसकेको छ। सामान्यतयाः गृह मन्त्रालयले ९ महिना पूरा भएपछि सिडिओ सरूवा गर्दै आएको छ। ‘जेन-जी’ आन्दोलनअघि नै ताप्लेजुङ पुगेका लमजुङका सेढाइको पनि अवधि पूरा भइसकेको पाइन्छ।

सोलुखुम्बुकी सिडिओ लिलाकुमारी केसी पाण्डे, मनाङका सिडिओ नवराज पौडेल, मुगुका सिडिओ खडानन्द खत्री, रूकुम पूर्वको सिडिओ सिता परियार, कलिकोटका सिडिओ गोकर्णराज सुयल र हुम्लाका सिडिओ टेककुमार रेग्मीको पनि सरूवा अवधि पूरा भइसकेको छ। ‘जेन-जी’ आन्दोलनअघि २०८२ भदौं ४ गते सिडिओमा पठाइएका अनीहरू अहिले पनि ती जिल्लाको कमाण्ड सम्हालिरहेका छन्।

एकैदिन सरूवा भएका म्याग्दी, डोल्पा, रूकुम पश्चिम र बाजुराका सिडिओ तितरवितर भइसकेका छन्। म्याग्दीका बद्रीप्रसाद तिवारीको ठाउँमा रविन्द्र आचार्य, डोल्पाका भीमराज कोइरालाको ठाउँमा जुनु हमाल, रूकुम पश्चिमका दिनेशप्रसाद थानीको ठाउँमा निशानराज गौतम र बाजुराका गणेशप्रसाद पौडेलको ठाउँमा डोरेन्द्र निरौला सिडिओ भएर कमाण्ड सम्हालिरहेका छन्। एकैदिन पठाइएका १२ उपसचिव सिडिओमा ४ जना फेरिदा ८ जना सिडिओ कै भूमिका रहेको पाइन्छ। सोही मितिमा गृह मन्त्रालयले खटाएका सहसचिव सिडिओ भने अन्यत्र सरूवा भइसकेको देखिन्छ। उपसचिव सिडिओहरूको पनि काँध फेर्ने बेला भइसकेको छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #खडानन्द खत्री, #गोकर्णराज सुयल, #टेककुमार रेग्मी, #नवराज पौडेल, #राजेश पन्थी, #लिलाकुमारी केसी पाण्डे, #शिवराम सेढाई, #सिता परियार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ