सामान्यको बढुवा शाखामा अधिकृत सिनित्तै, आन्तरिकमा पनि उस्तै


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखा सिनित्तै भएको छ। बढुवा शाखामा कार्यरत शाखा अधिकृतहरू सुदिप सापकोटा, गौरव पन्थी र खगेन्द्र पौडेलको एकसाथ सरूवा भएको छ। लामो समय सामान्य प्रशासन मन्त्रालयमा बसेको भन्दै उनीहरूलाई अन्यत्र व्यवस्थापन गरिएको हो।

बढुवा शाखाका अधिकृत सापकोटाको नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएको छ। बढुवा शाखाका अर्का अधिकृत खगेन्द्र पौडेलको पनि नुवाकोटको ककनी गाउँपालिकामा सरूवा भएको हो। त्यस्तै शाखा गौरव पन्थीको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ। बढुवा शाखाका तीनैजना अधिकृत सरूवा परेका हुन्।

बढुवा शाखामा मात्र होइन लामो समयदेखि डेरा जमाएर बसेका सामान्यका आन्तरिक व्यवस्थापन शाखाका अधिकृत भविन्द्र कार्कीको गृह मन्त्रालय वा अन्तर्गत सरूवा गरिएको छ। आन्तरिक व्यवस्थापन शाखाका अधिकृत गायत्री अधिकारीको पनि गृहमै सरूवा गरिएको हो। एक दर्जन शाखा अधिकृत गृहमा पुगेका छन्।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत मनोज अधिकारीको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #खगेन्द्र पौडेल, #गौरव पन्थी, #भविन्द्र कार्की शाखा अधिकृत, #सुदिप सापकोटा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ