त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार


काठमाडौं  । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

१० भदौमा आएको बाढीपछि सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको हो।

उद्धार गरिएका कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्। सञ्जय साह भने नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।

बाढीपछि सुरुङभित्र फसेका उनीहरूको खोजी तथा उद्धारका लागि सरकारबाट निरन्तर प्रयास भइरहेको थियो। लामो प्रयासपछि दुवै जनालाई जीवितै उद्धार गर्न सफल भएको हो।

यतिबेला उद्धार कार्यलाई सरकारले द्रुत गतिमा अगाडि बढाइरहेको छ। विपद्को यस्तो कठिन अवस्थामा खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै गरिएको प्रयास सराहनीय देखिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ