दरबन्दी कटौतीमा परेका सहसचिव सिडिओहरूको व्यवस्थापन, भोजपुरका पौडेलबाहेक सबै भए सिडिओ
काठमाडौं। दरबन्दी कटौतीमा भएपछि फाजिलमा परेका सहसचिव सिडिओहरूको व्यवस्थापन भएको छ। भोजपुरका सिडिओ राजन पौडेलबाहेक सबै सिडिओहरू सहसचिवको दरबन्दी भएको जिल्लाको सिडिओमा व्यवस्थापन भएका हुन्। भोजपुरका सिडिओ राजन गौतमको भने पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएपछि गृह मन्त्रालयमा व्यवस्थापन गर्न हाइसञ्चो भएको हो।
सहसचिवले सिडिओ चलाएका भोजपुर, खोटाङ,सल्यान, जाजरकोट र रोल्पामा उपसचिव सिडिओको दरबन्दी कायम भएपछि सिडिओको भूमिकामा रहेका सहसचिवहरू फाजिलमा परेका थिए। भोजपुर सहसचिव राजन पौडेल खोटाङमा सहसचिव रेखा कँडेल, सल्यानमा सहसचिव महेन्द्रकुमार सापकोटा, जाजरकोटमा सहसचिव खडानन्द अधिकारी र रोल्पामा सहसचिव गंगाबहादुर क्षेत्री सिडिओ रहेका छन्। भोजपुरका सिडिओ गौतमको पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भइसकेको छ। बाँकी रहेका खोटाङ,सल्यान, जाजरकोट र रोल्पा सिडिओको सिडिओमै व्यवस्थापन भएको हो।
खोटाङको सिडिओ रेखा कँडेलको दोलखाको सिडिओमा सरूवा भएको छ। जाजरकोटका सिडिओ खडानन्द अधिकारीलाई बाराको सिडिओमा पठाइएको हो। रोल्पाका सिडिओ गंगा बहादुर क्षेत्रीको पर्वतको सिडिओमा र सल्यानका सिडिओ महेन्द्रकुमार सापकोटाको सुर्खेतको सिडिओमा सरूवा भएको छ। गृह मन्त्रालयले फाजिलमा परेका सिडिओहरूलाई व्यवस्थापन गरेको हो।
भोजपुरको सिडिओमा उपसचिव कुलशेखर अर्याल, खोटाङको सिडिओमा उपसचिव महेशकुमार गुरूङ, जाजरकोटको सिडिओमा उपसचिव नबराल बराल र सल्यानको सिडिओमा उपसचिव बन्दना केसीलाई पठाइएको छ। गृह मन्त्रालयले रोल्पाबाहेका जिल्लामा उपसचिव सिडिओ व्यवस्थापन गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस