गोकर्णमणि दुवाडी: अघिल्लो भदौ २३ ‘जेन-जी’ दबाउन सक्रिय, यसपटकको भदौ २३ राजनीतिक नियुक्ति खाने प्रक्रियामा


काठमाडौं। गोकर्णमणि दुवाडीमाथि अघिल्लोपटक २०८२ भदौ २३ गते भएको ‘जेन-जी’ आन्दोलन दबाउन सक्रिय भूमिका खेलेको आरोप लाग्दै आएको छ। ‘जेन-जी’ आन्दोलनमा दुवाडी गृहसचिवको भूमिकामा थिए। गैरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत तात्कालीन गृहसचिव दुवाडीलाई जेन-जी आन्दोलन दमनमा दोषी ठहर गरेकाे छ। उनै दुवाडी अहिले जेन-जी आन्दोलनको जगमा बनेको सरकारमा राजनीतिक नियुक्ति खाने पक्रियामा देखापरेका छन्। दुवाडी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक बन्ने प्रक्रियामा समावेश भएका हुन्।

संयोग जेन-जी आन्दोलनको एक वर्षपछि भदौ २३ गते नै दुवाडीको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रियामा सहभागी भएका छन्। यो समाचार तयार पर्दासम्म कार्यतालिका अनुसार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दुवाडीको प्रस्तुतीकरण समाप्त भइसकेको छ। ‘जेन-जी’ आन्दोलन दबाउन भूमिका खेलेका भनिएका तत्कालीन गृहसचिव दुवाडी सोही मितिमा ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारबाट नियुक्ति खाने प्रक्रियामा सहभागी हुनु अनौंठो संयोग देखिन्छ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक बन्न का लागि पूर्वसचिवहरू डा. रामप्रसाद घिमिरे, डिल्लीराम शर्मा र बाबुराम अधिकारी प्रतिस्पर्धामा उत्रिएका छन्। कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा रहेका अञ्जु मिश्रबाहेक सबै पूर्वसचिव हुन्।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा रहेका बाबुराम अधिकारी गाभिएको आपूर्ति मन्त्रालयको सचिव पद देखाएर बढुवा भएका थिए। उनी एमाले निकट कर्मचारी संगठनमा सक्रिय चतुर प्रशासक हुन्। गलत छिद्र प्रयोग गरेर कर्मचारीले कसरी लाभ लिन्छन् भन्ने ज्वलन्त उदाहरण बाबुराम हुन्। त्यसमा दुवाडी पनि थपिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ