किरणराज शर्मा र रामप्रसाद घिमिरे एकैदिन भएका थिए सचिव


काठमाडौं। किरणराज शर्मा र रामप्रसाद घिमिरे एकैपटक सचिव भएजस्तै अवस्था अहिले आएको छ। जेष्ठताका आधारमा बिनोदबहादुर कुँवर र कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङको नाम सिफारिस भएपछि अहिले पनि नेपाल प्रशासन सेवामा एकैदिन दुई सचिव बढुवा हुने भएका छन्। कुँवर र खत्री एकैदिन सचिव हुने निश्चित जस्तै देखिन्छ।

२०७८ साल ४ गते नेपाल प्रशासन सेवाको सचिवमा किरणराज शर्मा र रामप्रसाद घिमिरे बढुवा भएका थिए। शर्मा जेष्ठताका आधारमा एकल सिफारिस भएर सचिवमा बढुवा भएका थिए। त्यस्तै कार्यसम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा रामप्रसाद घिमिरे, दोस्रो नम्बरमा हरीप्रसाद मैनाली र तेस्रो नम्बरमा डिल्लीराज शर्माको नाम सिफारिस भएको थियो। उक्त सिफारिसका आधारमा जेष्ठताबाट किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा सिफारिस भएका रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका थिए। अहिले पनि ठ्याकै त्यस्तै स्थिति देखापरेको छ। शर्मा र घिमिरे जस्तै कुँवर र खत्री एकै मितिमा सचिवमा बढुवा हुने अवस्था आएको हो

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ