महालेखा नियन्त्रक अर्याल, निर्वाचन आयोगको सचिवमा काप्री
काठमाडौं। सरकारले महालेखा नियन्त्रकमा बैकुण्ठप्रसाद अर्याललाई सरूवा गरेको छ। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव अर्याललाई महालेखा नियन्त्रकमा सरूवा गरेको हो।
त्यस्तै लामो समयदेखि रिक्त निर्वाचन आयोगको सचिवमा कृष्णप्रसाद काप्री सरुवा भएका छन्। काप्री लुम्बिनी प्रदेशको प्रमुख सचिवको भूमिकामा थिए। उनी ठ्याक्कै १ वर्षपछि प्रदेशबाट संघमा सरुवा भएका हुन्।
काप्री र अर्याल दुवै शिक्षा प्रशासनबाट प्रशासन सेवाको सचिव बनेका थिए। उनीहरू एकैपटक संघमा सरुवा भएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस