महिलाबाट मन्त्रिपरिषद्मा रहेका ५ मन्त्रीहरू
काठमाडौं। प्रधानमन्त्रीसहित १७ सदस्य मन्त्रिपरिषद्मा महिलाबाट पाँचजना मन्त्री रहेका छन्। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा महिलाबाट मन्त्री हुनेमा सोविता गौतम, सिता बादी, प्रतिभा रावल, निशा मेहता र गिता चौधरी रहेका छन्। यिनीहरूमध्ये ‘फर्मरमेन्स’का हिसाबले प्रतिभा रावल धेरै अगाडि देखिन्छिन्।
सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा सिता बादी रहेकी छिन्। त्यस्तै प्रतिभा रावल लाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको छ।
स्वार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणको जिम्मेवारी गिता चौधरीले सम्हालिरहेकी छिन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेकी गौरीकुमारी यादवले भने राजीनामा दिएर हिँडिसकेकी छिन्। संघीय सरकारमा अहिले महिलाबाट पाँचजना मन्त्री रहेका छन्।
➡️सोविता गौतम
➡️सिता बादी
➡️प्रतिभा रावल
➡️निशा मेहता
➡️गिता चौधरी
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस