सचिव काप्री निर्वाचन आयोगमा भए हाजिर


काठमाडौं। नेपाल सरकारका सचिव निर्वाचन आयोगमा हाजिर भएका छन्। लुम्बिनी प्रदेशबाट निर्वाचन आयोगमा सरूवा भएका सचिव काप्रीले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको एक वर्षपछि काप्री संघमा फर्किएका हुन्। २०८२ असोज ९ गते सचिवमा बढुवा भएका काप्री २०८३ भदौ अन्तिम साता दाङबाट काठमाडौं फर्किएका छन्। उनी प्रदेशमा एक वर्ष बसेर संघमा फर्किएका हुन्।

सचिव काप्रीको जागिर ७ महिना बाँकी छ। काप्री ५८ वर्ष पूरा भएर वैशाख ५ गते घर जाने सूचीमा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ