उच्च अदालतमा थपिए ३ न्यायाधीश, ३ न्यायाधीशको सरूवा, ४ न्यायाधीशको काज सिफारिस
काठमाडौं। उच्च अदालतमा ३ न्यायाधीश थपिएका छन्। न्याय परिषद्को बैठकले उच्च अदालतको न्यायाधीशमा भद्रकाली पोखरेल, हिमलाल बेल्बासे र गजेन्द्रबहादुर सिंहलाई नियुक्ति गर्ने निर्णय गरेको छ। न्यायाधीश हुने पोखरेल सर्वोच्च अदालतका वरिष्ठ रजिष्ट्रार हुन्। बेल्बासे कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश र सिंह फैसला कार्यान्वयनमा निर्देशनालयका महानिर्देशक हुन्।
सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल न्यायाधीशमा नियुक्त भएर उच्च अदालत सुर्खेतमा पदस्थापनका लागि भएका छन्। त्यस्तै फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सिंहलाई न्यायाधीशमा नियुक्त गरेर उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरिएको छ। उच्चको न्यायाधीशमा नियुक्त भएका जिल्ला न्यायाधीश हिमालाल बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको हो।

न्याय परिषद्ले सर्वाेच्च अदालतका इजलास अधिकृत भरतकुमार दाहाललाई जिल्ला न्यायाधीशमा नियुक्त गरी कैलाली जिल्ला अदालतमा पदस्थापन सिफारिस गरेको छ।
उच्चका ३ न्यायाधीश सरुवा ४ न्यायाधीश काज सिफारिस
उच्च अदालतका ३ न्यायाधीश सरुवाका लागि सिफारिस भएका छन्। न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जमा सरूवा सिफारिस भएका छन्। उच्च अदालत जनकपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ उच्च अदालत विराटनगर, इलाम इजलासमा सरूवा सिफारिस भएका हुन्।

त्यस्तै उच्च अदालत जनकपुर, अस्थायी इजालस विरगञ्जमा दरबन्दी भइ उच्च अदालत तुल्सीपुर दाङ, नेपालगञ्ज इजलासमा काज खटिएका न्यायाधीश रितेन्द्र थापाको नेपालगञ्जमै सरूवा सिफारिस गरिएको छ।
उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश नानिबाबु लामिछानेको उच्च अदालत पाटनमा काज सरूवा सिफारिस गरिएको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जका न्यायाधीश गोकर्ण डाँगीको सर्वोच्च अदालतमा काज सरुवाको सिफारिस गरिएको हो।
न्याय परिषद्ले उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासकी न्यायाधीश सकुन्तला घिमिरेलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा सरूवा सिफारिस गरेको हो।
उच्च अदालत जनकपुर, अस्थायी इजालस विरगञ्जका न्यायाधीश अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरूवा गरिएको छ।
यी हुन् सरूवा सिफारिस गरिएका जिल्ला न्यायाधीशहरू
न्याय परिषद्ले १५ जिल्ला न्यायाधीश सरुवा सिफारिस गरेको छ।



ट्याग : #गजेन्द्रबहादुर सिंह, #भद्रकाली पोखरेल, #हिमलाल बेल्बासे


तपाईको प्रतिक्रिया दिनुहोस