उपसचिवका ‘ब्याची’ सचिव हुने लाइनमा उभिदा सहसचिव बन्ने तरखरमा
काठमाडौं। नेपाल प्रशासन सेवाको सहसचिव बढुवा हुने अग्रपङ्क्तिमा तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल रहेका छन्। यिनीहरू चारै जना जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) बन्ने निश्चित जस्तै छ।

पौडेल, पोखरेल, थापा र कटुवाल २०६८ चैतमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव भएका थिए। उनीहरूसँगै आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बन्नेमा जयनारायण आचार्य, श्यामप्रसाद भण्डारी, हुमकला पाण्डे, नारायणप्रसाद रिसाल, नारायणप्रसाद अर्याल, प्रकाश पौडेल, विष्णुप्रसाद कोइराला र तोयनारायण सुवेदी रहेका थिए। पौडेल, पोखरेल, थापा र कटुवालबाहेक सबै सहसचिव भइसक्दा उनीहरू भने बल्ल सहसचिव हुने तरखरमा रहेका छन्।
आचार्य, भण्डारी, सुवेदी, पाण्डे, रिसाल, अर्याल र कोइराला सचिव बन्ने लाइनमा उभिसकेका देखिन्छन्। आचार्य ३/४ महिनामै सचिव बन्दैछन्। तर ‘जहाज’ छुटेका तीर्थप्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल भने भर्खर सचिव बन्ने तरखरमा देखिएका हुन्।
जयनारायण आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय; श्यामप्रसाद भण्डारी राष्ट्रपति कार्यालय; हुमकला पाण्डे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नारायणप्रसाद रिसाल कोशी प्रदेशबाट सामान्य प्रशासन मन्त्रालय सरूवा; नारायणप्रसाद अर्याल लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय; प्रकाश पौडेल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग; विष्णुप्रसाद कोइराला कोशी प्रदेशबाट सञ्चार मन्त्रालय सरूवा र तोयनारायण सुवेदी अर्घाखाँचीको सिडिओको भूमिकामा कार्यरत छन्।
क्याटेगोरी : समाचार
ट्याग : #कमलबहादुर थापा, #जयनारायण आचार्य, #तीर्थप्रकाश पौडेल, #तोयनारायण सुवेदी, #नारायणप्रसाद अर्याल, #नारायणप्रसाद रिसाल, #पुष्पराज कटुवाल, #प्रकाश पौडेल, #रामेश्वर पोखरेल, #विष्णुप्रसाद कोइराला, #श्यामप्रसाद भण्डारी, #हुमकला पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस