अर्थ मन्त्रालयमा सचिवसहित अधिकांश सहसचिव ५० मुनिका


काठमाडौं। अर्थ मन्त्रालयमा सचिवसहित अधिकांश सहसचचिव ५० वर्ष मुनिका रहेका छन्। निजामती सेवामा ३०-५५ को बहस चलिरहँदा अर्थ मन्त्रालयमा भने फरक दृश्य देखिएको छ। अर्थसचिव घनश्याम उपाध्यायसहित अधिकांश सहसचिव ५० वर्ष मुनिका रहेको पाइएको हो।

अर्थसचिव घनश्याम उपाध्याय ४८ वर्षका भए। उनी सचिवको कार्यकालमा भएको व्यवस्थाबाहेक ३०-५५ लागू भएर घर जाने अवस्था छैन। अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाल र महेश आचार्य ४९ वर्षका भए। उनीहरू ५० वर्ष लागिसकेका छैनन्।

अर्थमा आएर हालै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएका बन्धुप्रसाद बास्तोला ५० वर्ष पूरा भएका छन्। त्यस्तै अर्थका सहसचिवहरू अमृत लम्साल ४५ वर्ष, देवराज जोशी ४४ र कविता रेग्मी ३५ वर्षका हुन्। अर्थमा ५० कटेका भनेको प्रशासन महाशाखा प्रमुख टंक प्रसाद पाण्डे हुन्। उनी ५१ वर्षका भए। उनीबाहेक अर्थ मन्त्रालयमा प्रशासनतिरका सबै सहसचिव ५० वा त्योभन्दा मुनिका हुन्।

३०-५५ लागू भएपनि अर्थ मन्त्रालका अधिकांश उच्च पदस्थलाई फरक नपर्ने देखिन्छ। ३०-५५ ल्याएपनि अर्थमा अहिले कै कर्मचारीले काम गर्नेदेखि अधिकांश सहसचिवले ५/७ वर्ष चलाइसकेकाले अनुभव र विज्ञताको बहस पनि खासै अर्थ देखिँदैन। ३०-५५ लागू भएपनि अर्थ मन्त्रालयमा भने त्यसको आंशिक प्रभाव मात्र पर्ने अवस्था रहेको पाइन्छ।

अर्थका सचिव र सहसचिवको उमेर

➡️घनश्याम उपाध्याय ४८,

➡️सुमन दाहाल ४९,

➡️महेश आचार्य ४९,

➡️बन्धु प्रसाद बास्तोला ५०,

➡️टंकप्रसाद पाण्डे ५१,

➡️अमृत लम्साल ४५,

➡️देवराज जोशी ४४,

➡️कविता रेग्मी ३५,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ