मेडिकल अध्यापनमा अब्बल विराट, छात्रा र छात्र तर्फनै गोल्ड मेडल हासिल


काठमाडौं । काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका १० मेडिकल कलेज मध्ये विराटन मेडिकल कलेज अध्ययन अध्यापनमा अब्बल देखिएको छ ।

काठमाडौं युनिभर्सिटी (केयु) को चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्रीले गोल्ड मेडल हासिल गरेका छन् । उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा गोल्ड मेडल प्रदान गरे ।

गोल्ड मेडलिस्ट ढकाल पोखराका हुन भने संस्कृतिश्री झापाकी हुन् । कमजोर परिवारमा जन्मिएका ढकाल पढाइमा सुरु देखिनै अब्बल थिए । अब भने उनले नेपालमा एमडी नगर्ने सोच बनाएका छन् ।

चिकित्सा क्षेत्रमा मान, सम्मान, प्रतिष्ठाका देखेर आकर्षित भएका ढकाल अहिले अमेरिकामा एमडी गर्न जाने सोचमा छन् । कलेजले ढकाल र संस्कृतिश्री लाई एमडी गर्न जनही १० लाख छुट दिने बताएको छ । तर, ढकालले भने दुई वर्ष सरकारले पठाएको ठाउँमा गएर सेवा गर्ने त्यसपछि आफु अमेरिका अध्ययन गर्न जाने सोच बनाएको बताएका छन् । सबै भन्दा कान्छो र हेपिएको विराटले निरन्तर गोल्ड मेडलीष्ट विद्यार्थी उत्पादन गरिरहेको छ ।

यसैगरी छात्रातर्फकी गोल्ड मेडलिस्ट संस्कृति आफू बुझ्ने भएदेखि नै चिकित्सा पेशाप्रति आकर्षित भएको बताउँछिन् । आफूले त्यसबाहेकको पेशा परिकल्पना नै नगरेर लागिपरेकाले सफलता प्राप्त भएको उनले बताइन् । उनले नेपालमै एमडी गरेर सेवा गर्ने बताईन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ