कपिलवस्तुका सिडिओ जनार्दन गौतमले दिए राजीनामा


काठमाडौं। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतमले राजीनामा दिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनले बिहीबार राजीनामा दिएका हुन्। ७ महिना जागिर बाँकी रहेका गौतमले ‘पेन्सन’ जोगाउन राजीनामा दिएर हिँडेका छन्।

तनहुँ, गुल्मी, डडेलधुरा, कपिलवस्तुसहित आधा दर्जन बढी जिल्लाको सिडिओ चलाएका गौतम, शिवराम गेलाल, हरिप्रसाद घिमिरेपछि राजीनामा दिने सिडिओमा पर्छन्। सहसचिव गौतम २०८३ वैशाख ५ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। उनी कार्तिक १३ गते सिडिओमा हाजिर भएका थिए। कपिलवस्तुको सिडिओ ११ महिना भएका भएपछि गौतमले राजीनामा दिएका हुन्।

गौतम २०७७ चैतमा गेलालसँगै सहसचिव भएका हुन्। सिराहा, गुल्मीपछि कपिलवस्तु जिल्ला सिडिओविहीन अवस्थामा पुगेको हो। गृहमा सहसचिव मौज्दात रहेकाले आगामी हप्ता नयाँ सिडिओ पठाउने सम्भावना छ।

क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ