गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बराल आए राष्ट्रिय सतर्कता केन्द्रमा
काठमाडौं। गण्डकी प्रदेशका प्रमुख सचिव भूपाल बरालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ। सरकारले आभा श्रेष्ठ कर्णलाई प्रमुख सचिवमा बढुवा गरेर गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेसँगै भूपालको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको हो। सचिवको क्लष्टर परिवर्तन भएपछि बराल केन्द्रमा आउने प्रशासन सेवाको पहिलो प्रमुख अधिकृत/सचिव भएका छन्।
करिब साढे ५ महिना बागमती प्रदेशको प्रमुख सचिव भएर जेन-जी सरकारका पालामा अर्थ मन्त्रालयको राजस्व सचिव भएका आएका बराल फेरि गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएका थिए। असार अगाडि नै गण्डकी प्रदेशमा हाजिर हुन पुगेका बराल साढे ३ महिनापछि संघमा फर्किएका छन्। बागमती र गण्डकी गरी बराल ९ महिना प्रदेश बसेका हुन्।
पछिल्लो समय सचिव बढुवा हुनेवित्तिकै संघमा खटाउन थालिएको थियो। इन्दु घिमिरे, कालीप्रसाद पराजुली र रुद्रसिंह तामाङलाई संघमा पदस्थापन गर्दा आभा प्रदेश सरूवा भएकी छिन्। आभा गण्डकी गएपछि भूपाल संघमा फिर्ता भएका हुन्।
प्रदेश फर्काइएका सचिवलाई संघमा ल्याउन थालेको छ। भूपालपछि कर्णालीकी प्रमुख सचिव राधिका ९ महिना बढी प्रदेश बस्ने सचिवमा गनिन्छिन्। शोभाकान्तको गण्डकी र मधेश गरेर ३ महिना पनि पुगेको छैन।
ट्याग : #आभा श्रेष्ठ, #भूपाल बराल


तपाईको प्रतिक्रिया दिनुहोस