३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै, एक प्राविधिक सचिव थपिँदै
काठमाडौं। सोमबार (आज) दिउसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बस्ने मन्त्रिपरिषद्को एक प्राविधिक सचिवको बढुवा गर्ने देखिन्छ।
प्राविधिक सचिव बढुवाका लागि नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको छ। सचिव बढुवाका लागि पहिलो नम्बरमा सिंह, दोस्रो नम्बरमा श्रेष्ठ र तेस्रो नम्बरमा मैनालीको नाम सिफारिस गरेको हो। गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएसँगै पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएको छ। पूर्वाधार विकास मन्त्रालयमा सचिव पद रिक्त भएसँगै सचिव बढुवा सिफारिस भएको हो। आज बस्ने मन्त्रिपरिषद्को बैठकले सिंह, श्रेष्ठ र मैनालीमध्ये एकलाई सचिवमा बढुवा गर्नेछ। लगानी बोर्डमा कार्यरत सचिवमा बढुवा भएर जल तथा ऊर्जा आयोग र पूर्वाधार विकास मन्त्रालयमध्ये एक ठाउँमा पदस्थापन हुने प्रवल सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस