सरकारले गऱ्यो सशस्त्र प्रहरीका एआईजी दाहाललाई निलम्बन


काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बन गरेको छ। एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा सरकारले निलम्बन गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एआईजी दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्। एआईजी दाहालको १ वर्ष पदावधि थप्ने प्रस्ताव अगाडि बढिरहेका बेला उनी निलम्बन परेका हुन्।

एआईजी दाहालको ४ वर्षे पदावधि यही असोज २८ गते पूरा गर्दैछन्। एक वर्ष पदावधि थप्न सकिने व्यवस्था भएपनि दाहाललाई सरकारले गम्भीर आरोप लगाएर निलम्बन गरेकाले एआईजी भएको ४ वर्षमै उनी घर जाने अवस्था आएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ