सरकारी कार्यालयमा दुई दिन साप्ताहिक विदा दिन सिफारिस


काठमाडौं : कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिएपछि सरकारी कार्यालयमा दुई दिन साप्ताहिक विदा गर्न सिफारिस गरिएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा शनिबार र आइतबार बिदा दिन मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

कोरोना संक्रमणलाई मध्यनजर गरेर भीडभाड कम गर्न दुई दिन विदा दिन सिफारिस गरिएको सीसीएमसी बैठकमा सहभागि एक मन्त्रीले बताए ।

उनका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकमा सीसीएमसीले सिफारिस गरेका निर्णयमाथि छलफल हुनेछ । हिजो साँझ सीसीएमसी बैठक बसेको थियो ।

यसअघि पनि सातामा दुई दिन विदा दिन मन्त्रिपरिषदमा सिफारिस गरिएपनि निर्णय भने हुन सकेको थिएन ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले सातामा दुई दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

उनले आन्तरिक पर्यटनलाई बढावा दिन दुई दिन साप्ताहिक विदा दिने प्रस्ताव गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #साप्ताहिक विदा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com