नेपाल समूहको मागबमोजिम अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार


काठमाडौं : सर्वाेच्च अदालतले पार्टीभित्रको आन्तरिक विषयमा स्पष्टिकरण सोधिएकै भरमा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ ।

सत्तारुढ दल नेकपा एमालेभित्रको विवादमा माधव नेपालसहित चार नेताले मागेको अन्तरीम आदेश दिन सर्वाेच्चले अस्वीकार गरेको हो ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले २७ सांसदलाई स्पष्टिकरण सोधेपछि नेपालसहितका नेताहरु सर्वाेच्च पुगेका थिए ।

उनीहरुले ओलीले सांसद पदबाटै हटाउन सक्ने आशंका गर्दै कारवाही रोक्न सर्वाेच्च पुगेका थिए । उनीहरुले कारवाही रोक्न अन्तरिम आदेशको माग गरेका थिए ।

सर्वाेच्च अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले पार्टीले कारवाही नगरिसकेको र स्पष्टिकरण सोधेकै भरमा अन्तरीम आदेश दिन नपर्ने फैसला गरेको हो ।

एमाले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सर्वाेच्चमा निवेदन दिएका थिए ।

सर्वाेच्चले नेपाल समूहको मुद्दामा विपक्षीहरूबाट लिखित जवाफ मगाउने आदेश दिएको हो।

सर्वाेच्चले १५ दिनभित्र प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्नी सापकोटा, निर्वाचन आयोग, एमालेका महासचिपव ईश्वर पोखरेल र संसद सचिवालयलाई लिखित जवाफ बुझाउन आदेश दिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #सर्वाेच्च अदालत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com