काठमाडौँमा एकैदिन १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि


कोरोनाभाइरसको हटस्पट बनेको काठमाडौँमा एकैदिन १५ सय ६७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।

काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यता, नेपालमा पछिल्लो २४ घण्टामा ३५ जना ५६ संक्रमित फेला परेका छन् ।

१२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #कोरोना संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com