सत्तारुढ दल एमालेद्वारा नै गण्डकी प्रदेश सभा बैठक अवरुद्ध


पोखरा । सत्तारढ दल नेकपा एमालेले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल बोलाइएको प्रदेश सभा बैठक एमाले सांसदले अवरुद्ध गरेका हुन् ।

एमालेका सांसदले पीसीआर परीक्षणको माग गर्दै विरोध गरेपछि गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

सत्तारुढ दल एमालेका सांसदहरुले सबै सांसदहरुको पीसीआर परीक्षणपछि मात्रै बैठक सुरु गर्नुपर्ने भन्दै सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबल भएको थियो । प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

अविश्वास प्रस्ताव पेस गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी प्रदेश सभा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com