माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक, जसपा पनि आन्तरिक छलफलमा


काठमाडौँ : नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको एउटा समूह मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । सोही तयारी अनुसार माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ ।

मंगलबार दिउँसो ३ बजेलाई बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गर्ने राजनीतिक प्रतिवेदन र केन्द्रीय कार्यालयले पेस गर्ने विधानमाथि छलफल हुने भएको छ । त्यसबाहेक पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ ।

यता जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #अविश्वास प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com