तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन सरकारको निर्देशन
![](https://www.swasthyalive.com/wp-content/uploads/2021/04/swasthye.png)
काठमाडौं:सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना जारी गर्दै केही निजी प्रयोगशालाहरुले तोकिएभन्दा बढी कोरोना भाइरस पहिचानका लागि गरिने पीसीआर परीक्षण शुल्क उठाएको गुनासो आएकाले थप शुल्क नलिन आग्रह गरेको हो ।
सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ ।
तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।
![No description available.](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/179336913_157003496259488_4127034128498808989_n.jpg?_nc_cat=106&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=qI_eg647dmoAX9-IC7L&_nc_ht=scontent.fktm8-1.fna&oh=1a6f1516e9c640f29664758b347dd322&oe=60AEADE6)
ट्याग : #पीसीआर
तपाईको प्रतिक्रिया दिनुहोस