पूर्वराजदम्पत्ति ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहलाई अक्सिजन सपोर्टमा उपचार


काठमाडौं : कोरोना भाइरस संक्रमित भएर उपचाररत पूर्वराजदम्पत्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।

अस्पतालका अनुसार कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते अस्पताल भर्ना भएका थिए ।

तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्वराजदम्पत्ति

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com