लुम्बिनीमा १९ गते विशेष अधिवेशन : अविश्वास प्रस्तावमाथि छलफल


बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १९ गते बोलाइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा बैठकमा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको हो।

वैशाख ६ गते प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका तीन वटै दलले विशेष अधिवेशनका लागि निवेदन दिएका थिए ।

सोही बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशमा ‘फ्लोर क्रस’ नभए मुख्यमन्त्री पोखरेल बहुमतमा छन्।

विश्वास प्रस्ताव पेश भएपछि जसपाका ४ जना सांसद मन्त्री बनेर सरकार सहभागी भएपछि उनी बहुमत पुगेका हुन्।

लुम्बिनीमा एमालेको ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अविश्वास प्रस्ताव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com