कोरोना कहर : शव जलाउने ठाउँ नभएर दिल्लीमा पार्कमा बनाइयो अस्थायी शवदाह गृह


काठमाडौँ । कोरोना महामारीका कारण तिब्र गतिमा मानिसहको मृत्यु हुन थालेसँगै अन्तिम सस्कारका लागि घाटमा स्थान अभाव भएको छ। नियमित घाटमा स्थान अभाव भएसँगै दिल्लीमाअस्थाई शवदाह गृह निर्माण गरिएको छ।

महामारीको दोस्रो लहरले मृत्युको तथ्यांकमा वृद्धि गराएपछि दिल्ली सरकारले सार्वजनिक पार्कलाई शवदाह स्थलको रुपमा परिणत गरेको हो। दिल्लीमा पछिल्ला दिनमा दैनिक तीन सय भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ।

संक्रमण बढ्ने दरमा कमी नआएकाले मेडिकल अक्सिजन, केयर युनिट र अन्य जीवन रक्षक औषधिको समेत अभाव हुन थालेको छ ।

भारतमा केही दिनमै १० लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ। यो संख्या मंगलवार अन्य दिनभन्दा कमी आएको थियो। सोमबार ३ लाख ५२ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको थियो भने मंगलवार ३ लाख २३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भारत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com