आईपीएल क्रिकेत : हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा


काठमाडौँ । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लेको हो ।

दिल्लीमा हैदरावादले दिएको १७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १७३ रन बनायो ।
चेन्नईका लागि रितुराज गाइक्वाड र फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका गाइक्वाडले १२ चौकाको सहयोगमा ७५ रन बनाए । त्यस्तै ३८ बल खेलका डू प्लेसिसले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । सुरेश रैनाले १७ रन बनाउँदा मोइन अली १५ र रविन्द्र जडेजाले ७ रन बनाए ।

बलिङतर्फ हैदराबादका लागि राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनायो । हैदराबादका लागि डेभिड वार्नर र मनिस पाड्याले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका मनिसले ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको योगदान गरे । त्यस्तै ५५ बल खेलेका वार्नरले ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाए । त्यस्तै केन विलियमसनले २६ रनको योगदान गरे ।

बलिङतर्फ चेन्नईका लागि लुङ्गी एन्गिडीले २ विकेट लिए । त्यस्तै एक करणले एक विकेट लिए । बुधबारको खेलमा जित निकाल्दै चेन्नईले ६ खेलबाट १० अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उकासेको छ ।

दोस्रो स्थानको रोयल्स च्यालेन्जर्स बैंगलोरको १० अंक छ । पराजित हैदराबादको ६ खेलबाट २ अंक छ । हैदराबाद तालिकाको पुछारमा छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #क्रिकेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com