अक्सिजनको सुनिश्चितता नभई वीरको सर्जिकल भवन संचालनमा नआउने (फोटो फिचर)


काठमाडौं । कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्दै जाँदा सरकारले अक्सिजन सहितका १ हजार बेड उपत्यकामा थप गर्ने योजना १५ दिन अगाडी बनाएको थियो । उक्त योजना अनुसार किर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, शिक्षण अस्पतालमा हालै निर्माण भएको सुरेशवाग्ले क्यान्सर भवन, नेपाल प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवन, भक्तपुरको राधाश्वामी भवन, काठमाडौं नेशनल मेडिकल कलेज लगायतमा गरी १ हजार बढी बेड थप गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार किर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र २५०, सुरेशवाग्ले १००, नेपाल प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ३५०, संचालन भएका छन् । तर, अक्सिजको अभावले थपिएका बेडमा पनि बिरामी राख्न अस्पतालहरु असमर्थ भएका छन् । वीर अस्पतालको सर्जिकल भवन ७५० वेड, भक्तपुरको राधाश्वामी भवन ८०, काठमाडौं नेशनल मेडिकल कलेज ३५० गरी करिब १२ सय वेड अट्ने अभव खाली छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सर्जिकल भवन संचालन गर्न स्वास्थ्य मन्त्रालयले एक हप्ताको अल्टिमेटम दिएको छ । तर, अक्सिजन नभएकाले तत्काल संचालन हुने देखिएको छैन । अस्पतालकी निमित्व निर्देशक डा शान्ता सापकोटाले सर्जिकल भवन संचालनको तयारी भएपनि अक्सिजनको सुनिश्चितता नहुदा सम्म भर्ना नलिने बताईन ।

जब अक्सिजनको पूर्ण सुनिश्चितता हुन्छ त्यसपछि मात्रै कोरोना संक्रमितको भर्ना लिने सापकोटाले बताइन् । ‘वीरको पुराना भवन ४ सय ८० बेडको हो । अहिले त्यहाँ १ सय ७० जना कोरोना संक्रमित भर्ना भएका छन्, डा सापकोटाले भनिन,’ ‘इमर्जेन्सीमा एक सय छन् । सर्जिकल भवन संचालन गर्न रेडी भएर बसेका छौ, तर, अक्सिजनको अभावले सुरु गर्न सकिरहेका छैनौं ।’

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टर महाराजगञ्जमा निमार्ण भएको नयाँ ‘एनएक्स’ भवनमा पनि कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । हालै निमार्ण गरिएको ‘मनमोहन एनएक्स’ भवनमा आइसियु, सामान्य वेड राखेर कोरोना संक्रमितको उपचार थालिएको अस्पतालका चिकित्सक डा रत्नमणी गजुरेलले बताए । उनले भने, एनएक्स भवनमा अहिले १२ वेड आइसियु संचालनमा छ ।

जनरल वेड २० र क्याबिन १० वेड क्षमताको रहेको छ । अहिले सबै बिरामीले भरिएका छन् । मुटुको उपचार गर्न भनेर निमार्ण गरिएको सो भवनमा अहिले कोरोनाका बिरामी भर्ना गरिएको छ । सो भवनमा नन कोभिड बिरामी छैनन् डा गजुरेलले भने ।

सुरेशवाग्ले क्यान्सर भवनमा पनि कोरोना संक्रमित राखेर उपचार गर्न थालिएको छ । खाली रहेको उक्त भवनमा अहिले ४० वेड तयार गरेर कोरोना संक्रमित राखिएको छ । ‘यो निकै ठुलो भवन हो, शिक्षण अस्पतालका कोभिड संयोजक डा शन्तकुमार दासले भने, ‘बिसाल भवनमा ४० वेड मात्रै प्रयोग गरिएको छ । अरु खाली छ । हामीले सुरुमा २ सय वेड थप गर्ने योजना बनाएका थियौँ तर, अक्सिजन नभएकाले रोकिएको छ ।’

हामीले हाल अस्पतालमा भर्ना गरेका बिरामीलाई समेत अक्सिजन पु¥याउन सकेका छैनौं, यो बेला थप गर्ने भन्ने टाडाको विषय हो । त्यसैले अक्सिजनको सहज उपलब्धता नहुदा सम्म वेड थप गर्दैनौं डा दासले भने । ३ सय ५४ वेडमा अहिले अस्पतालमा ३ सय ४० जना भर्ना छन् ।

उपत्यकाका सबै अक्सिजन उद्योग सत प्रतिशत संचालनमा
उपत्यकामा रहेका सबै आठ वटा अक्सिजन उद्योगले पूर्ण क्षमताका साथ अक्सिजन सिलिण्डर भर्ने काम गरेका छन् । त्यस्तै उपत्यका बाहिर पनि केही उद्योग बाहेक सबैले सत प्रतिशत अक्सिजन उत्पादन गरेका छन् ।

उपत्यकामा कान्तिपुर अक्सिजनले ९ सय क्षमतामा ९ सय, शंकर अक्सिजनले १५ सय ५० क्षमतामा १४ सय ५०, हिमाल अक्सिजनले ५ सयमा ५ सय, सिता प्रडक्टले ७ सयमा ७ सय, सगरमाथा अक्सिजनले ८ सय ५० क्षमतामा ८ सय ५०, सोपान अक्सिजनले ८ सय ५० क्षमतामा ८ सय ५०, नवज्योती अक्सिजनले ९ सयमा ९ सय र हाम्रो अक्सिजनले ६ सय क्षमतामा ६ सय सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##oxygen

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com