नेपाल मेडिकल कलेजमा अक्सिजन सकियो, ७० जना बिरामी रिफर गर्ने तयारी


काठमाडौं । नेपाल मेडिकल कलेज अत्तरखेलमा अक्सिजन सकिएको छ । अक्सिजन सकिएका कारण ७० जना बिरामीको ज्यान जोखिममा परेको छ । मेडिकल कलेजले बताए अनुसार शुक्रबार रातिबाट अक्सिजन अभाव भएको हो ।

लुबुमा रहेको सोपान अक्सिजन उद्योग बिग्रिएपछि समस्या आएको कलेजले जनाएको छ । सोपानको अक्सिजन बिग्रिएपछि शुक्रबारदेखि हामीले अक्सिजन पाएका छैनौं एक चिकित्सकले भने, हाम्रो उद्योगबाट एक सय लिन भनेर सरकारले पत्र दियो तर, रातभरमा २४ वटा मात्रै दियो । शंकर र सिता अक्सिजन उद्योगले पनि दिन नसके पछि बिरामीको ज्यान बचाउन रिफर गर्न लागिएको हो ।

अबको केही घण्टामात्रै  धान्न सक्ने अवस्था छ, त्यसैले समयमै बिरामी रिफर गर्नुको बिकल्प छैन चिकित्सकले भने । कलेजले अक्सिजन सकिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । अक्सिजनको व्यवस्था नभएका कारण अहिले ७० जना बिरामी रिफर गर्ने तयारी थालेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com