कोरोना संक्रमण बिस्तारै घट्ने क्रममा (तथ्यांक हेर्नुहोस्)


काठमाडौं । कोरोना संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । तिब्र गतिमा फैलिएको कोरोना बिगत केही दिन देखि स्थिर छ । बैशाख २० गते कुल कोरोना परिक्षण १७ हजार १७६ थियो । जसमा ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको थियो भने ३७ जनाको मृत्यु भएको थियो । त्यस दिन संक्रमणदर ४३ प्रतिशत थियो ।

२७ बैशाखमा हाल सम्मकै उच्च बिन्दूमा कोरोना संक्रमण पुगेको छ । उक्त दिन १८ हजार ४११ वटा नमुनाको पिसिआर परिक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पुष्टि भएको थियो । परिक्षण गरिएका मध्ये दोस्रो छालको सबै भन्दा बढी सोही दिन देखिएको हो ।

तथ्यांक अनुसार २७ बैशाखमा कुल संक्रमितको ५०.३५ प्रतिशत संक्रमित पुष्टि भएका थिए । त्यस यता बिस्तारै घट्दै गएको छ । तर मृत्युदर भने बढीरहेको छ । चिकित्सकहरुले संक्रमण उच्च विन्दूमा पुगेर घट्ने क्रममा देखिए पनि मृत्युदर अझै केही हप्ता बढ्न सक्ने अनुमान गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com