ललितपुरका सबै वडामा खोपकेन्द्र (यी हुन् खोप केन्द्र)


काठमाडौं । कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरपालिकाले २९ वटा खोपकेन्द्र तोकेको छ।  महानगरले सूचना प्रकाशित गर्दै सबै वडामा खोपकेन्द्र राखिएको जनाएको छ। पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएपछि महानगरले हरेक वडामा खोप केन्द्र सञ्चालन गर्न लागेको हो ।

आफूलाई पायक पर्ने केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन महानगरले आग्रह गरेको छ। ललितपुरमा ६ जेठबाट भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। भेरोलेसको दोस्रो डोज लगाउन आउँदा यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउनसमेत महानगरले आग्रह गरेको छ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #ललितपुरका सबै वडामा खोपकेन्द्र (यी हुन खोप केन्द्र)

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ