रत्नराज्य स्कुलमा आइसोलेशन सेन्टर


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित रत्नराज्य स्कुलमा कोभिड संक्रमितलाई लक्षित गरी ड्राई आइसोलेशन सञ्चालनमा आएको छ । बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क ) का सदस्य दीपेन्द्र श्रेष्ठले मध्यबानेश्वरको रत्नराज्य स्कुलमा आइसोलेशन वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिए । अहिले २० वेडबाट सुरु गरिएको आइसोलेशन सेन्टर ५० वेड सम्म पुऱ्याउने लक्ष्य छ ।

प्रदेशसभा सदस्य श्रेष्ठका अनुसार संक्रमणको उच्च जोखिममा परेका बिरामीलाई राहत दिने तथा समूदायको हितलाई लक्षितगरी रत्नराज्य माध्यामिक विद्यालयमा स्कुलमा आइसोलेशन वार्ड बनाइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरूको सहकार्यमा उक्त आइसोलेशन सेन्टर सञ्चालनमा आएको हो यो आइसोलेशन वार्ड १०० ग्रुपले व्यवस्थापन गर्ने भएको छ ।

नेपाल महिला एकता समाजले त्यहाँ आवश्यक पर्ने वेड उपलब्ध गराएको छ र आवश्यकता हेरेर थप वेड दिने प्रतिबद्धता जनाएको छ । वडाबाट वडाध्यक्ष रामकुमार केसी, वडा सदस्य नरोज अर्यालले नियमित रेखदेख र आवश्यक सहयोग प्रदान गर्ने छन् ।

वागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरूङलगायत स्थानीय समाजसेवीले नियमित सल्लाह सुझाव र आवश्यक सहयोग तथा समन्वय गर्नेछन् । सांसद श्रेष्ठले आज मात्र उक्त आइसोलेसन पिपिई सेट १८ थान, मास्क ४ सय थान, ५ लिटर स्यानिटाइजर र एउटा इन्फ्रारेट थर्मोमिटर हस्तातरण गरिसकेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद प्रकाशमानसिंहले भोलि बिहान ९ बजे उक्त आइसोलेशन सेन्टरको अवलोकन गरेर आवश्यक सहयोग गर्ने तयारी रहेको प्रदेश सभा सदस्य श्रेष्ठले जानकारी दिए । पूर्वमन्त्री स्व: नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले पनि भोलि नै एन- ९५ मास्क सहयोग गर्ने भएकी छन् । जोशीले गरेको योगदानलाई निरन्तरता दिने उद्देश्यले उक्त सहयोग प्रदान गर्न लागिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com